यी ५ कागजात नभए भोट हाल्न नपाइने, कुनै एकले पनि चल्ने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत फागुन २१ (भोलि) हुने मतदान प्रक्रिया र आवश्यक कागजातका सम्बन्धमा स्पष्ट पारेको छ । निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आयोगले मतदाताहरूले मतदान केन्द्रमा पालना गर्नुपर्ने नियम र आवश्यक कागजी प्रमाणबारे जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूलाई आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित मतदान केन्द्रमा ...









