निर्वाचनको दिन मुलुकभरको आन्तरिक हवाई उडान पूर्ण रूपमा ठप्प नहुने
काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन मुलुकभरको आन्तरिक हवाई उडान पूर्ण रूपमा ठप्प नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्वाचनको समयमा पनि आवश्यकता र मागका आधारमा आन्तरिक उडानहरू सञ्चालन गरिने स्पष्ट पारेको छ ।
प्राधिकरणका अनुसार निर्वाचनको दिन आन्तरिकतर्फका सबै प्रकारका उडानहरू यात्रुको चाप र आवश्यकतालाई हेरेर व्यवस्थापन गरिनेछ । यस्तै, अन्तर्राष्ट्रिय उडानको ...









