मध्यपूर्वमा जारी भिषण सैन्य द्वन्द्वका कारण विश्व बजारमा ऊर्जाको मूल्यमा वृद्धि
काठमाडौं । मध्यपूर्वमा जारी भिषण सैन्य द्वन्द्वका कारण विश्व बजारमा ऊर्जा (तेल र ग्यास) को मूल्यमा सोमबार तीव्र वृद्धि भएको छ । तेल उत्पादनको केन्द्र मानिने यस क्षेत्रमा जारी तनावले विश्वव्यापी आपूर्ति प्रणाली नै ठप्प हुन सक्ने जोखिम बढेपछि इन्धनको मूल्य आकाशिएको हो ।
अन्तर्राष्ट्रिय बजारको मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य १.९ प्रतिशतले बढेर प्रतिब्यारेल ७९.२५ अमेरिकी डलर पुगेको छ । त्यसैगर...









