नेपाली विद्यार्थीको ज्यान लिएको अभियोगमा चर्चित बेलायती र्यापर १२ वर्ष जेल सजाय
काठमाडौं । बेलायतमा सडक दुर्घटना गराई एक नेपाली विद्यार्थीको ज्यान लिएको अभियोगमा चर्चित बेलायती र्यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । लन्डनस्थित केन्द्रीय फौजदारी अदालत (ओल्ड बेली) ले मंगलबार ४१ वर्षीय र्यापर जस्टिन क्लार्क स्यामुएल, जो ‘गेट्स’ नामले चर्चित छन्, उनलाई दोषी ठहर गर्दै उक्त कैद सजाय सुनाएको हो ।
घटना विवरण अनुसार, गत १८ अक्टोबर २०२५ मा उत्तर पूर्वी लन्डनको इल्फोर्डस्...









