निर्वाचनमा प्रलोपाले डा. राजन भट्टराइलाई सघाउने

निर्वाचनमा प्रलोपाले डा. राजन भट्टराइलाई सघाउने
काठमाडौँ  ।  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य बिशेष निर्वाचनका लागि  काठमाडौं  क्षेत्र न. ४ बाट  उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दत्त बुढाले आफ्नो दाबेदारी उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता गरेसंगै प्रलोपाका दत्तले नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराइलाई सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् । यसअघि काठमाडौं  क्षेत्र न. ४ बाट एमालेका डा राजन भट्टराई, कांग्रे...

निर्वाचनमा सम्भावित दुर्घटना कम गर्न ‘द्रुत प्रतिकार्य टोली’ गठन

निर्वाचनमा सम्भावित दुर्घटना कम गर्न ‘द्रुत प्रतिकार्य टोली’ गठन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ । निर्वाचनमा सम्भावित दुर्घटना कम गर्नका लागि ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार सङघ, प्रदेश र स्थानीय तहका अस्पताललाई अस्पतालको जनशक्ति हेरेर पाँचदेखि २५ जनासम्म रहने गरी ‘दु्रत प्रतिक...

यी ५ कागजात नभए भोट हाल्न नपाइने, कुनै एकले पनि चल्ने

यी ५ कागजात नभए भोट हाल्न नपाइने, कुनै एकले पनि चल्ने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत फागुन २१ (भोलि) हुने मतदान प्रक्रिया र आवश्यक कागजातका सम्बन्धमा स्पष्ट पारेको छ । निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आयोगले मतदाताहरूले मतदान केन्द्रमा पालना गर्नुपर्ने नियम र आवश्यक कागजी प्रमाणबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूलाई आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित मतदान केन्द्रमा ...

निर्वाचनको दिन मुलुकभरको आन्तरिक हवाई उडान पूर्ण रूपमा ठप्प नहुने

निर्वाचनको दिन मुलुकभरको आन्तरिक हवाई उडान पूर्ण रूपमा ठप्प नहुने
काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन मुलुकभरको आन्तरिक हवाई उडान पूर्ण रूपमा ठप्प नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्वाचनको समयमा पनि आवश्यकता र मागका आधारमा आन्तरिक उडानहरू सञ्चालन गरिने स्पष्ट पारेको छ । प्राधिकरणका अनुसार निर्वाचनको दिन आन्तरिकतर्फका सबै प्रकारका उडानहरू यात्रुको चाप र आवश्यकतालाई हेरेर व्यवस्थापन गरिनेछ । यस्तै, अन्तर्राष्ट्रिय उडानको ...

मध्यपूर्वमा जारी भिषण सैन्य द्वन्द्वका कारण विश्व बजारमा ऊर्जाको मूल्यमा वृद्धि

मध्यपूर्वमा जारी भिषण सैन्य द्वन्द्वका कारण विश्व बजारमा ऊर्जाको मूल्यमा वृद्धि
काठमाडौं । मध्यपूर्वमा जारी भिषण सैन्य द्वन्द्वका कारण विश्व बजारमा ऊर्जा (तेल र ग्यास) को मूल्यमा सोमबार तीव्र वृद्धि भएको छ । तेल उत्पादनको केन्द्र मानिने यस क्षेत्रमा जारी तनावले विश्वव्यापी आपूर्ति प्रणाली नै ठप्प हुन सक्ने जोखिम बढेपछि इन्धनको मूल्य आकाशिएको हो । अन्तर्राष्ट्रिय बजारको मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य १.९ प्रतिशतले बढेर प्रतिब्यारेल ७९.२५ अमेरिकी डलर पुगेको छ । त्यसैगर...

अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द

अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातीदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेको जानकार...

तराई-मधेशका जिल्लाहरूमा होलीको सार्वजनिक बिदा

तराई-मधेशका जिल्लाहरूमा होलीको सार्वजनिक बिदा
काठमाडौं । हिमाली र पहाडी भेकमा सोमबार उल्लासका साथ फागु पूर्णिमा मनाइएपछि आज तराई-मधेशका जिल्लाहरू रङ र अबिरको उत्सवमा झुमेका छन् । परम्परा अनुसार पहाडमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन रहेकाले आज यस क्षेत्रमा विशेष रौनक देखिएको छ । होलीको अवसरमा सरकारले आज तराई-मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । भूगोल र भाषा अनुसार यस पर्वलाई फरक-फरक नामले सम्बोधन गर्ने गरिन्छ । पहाडमा ‘फागु ...

के हो एचपिभी खोप ? कति बर्षका किशोरीहरुलाई यो खोप लगाइन्छ ?

के हो एचपिभी खोप ? कति बर्षका किशोरीहरुलाई यो खोप लगाइन्छ ?
ढोरपाटन । ढोरपाटनका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपिभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् । यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपिभी खोप दिने लक्ष्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार बागलुङ नगरप...

निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता सबैमा आचारसंहिता लागु

निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता सबैमा आचारसंहिता लागु
काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ‘मौन अवधि’ सुरु गरेको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो । मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारका सम्पूर्ण गतिविधिमा पूर्ण रोक लगाइएको छ । यस समयमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता लगायतका सबै सरोकारवालाहरूले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने आयोगले जनाएको छ । ...

झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीको घरदैलो अभियान ग्रास रुटलाई प्राथमिकता

झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीको घरदैलो अभियान ग्रास रुटलाई प्राथमिकता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपटक आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) मा विगतको तुलनामा निकै फरक र आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन् । विगतका निर्वाचनमा ठूला आमसभा र केही सीमित औपचारिक कार्यक्रमलाई मात्र प्राथमिकता दिने ओली यसपटक भने मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा जुटेका हुन् । बढ्दो राजनीतिक चुनौती र बदलिँदो जनमतका बीच आफ्नो निर्वाचन क्षेत्र सुरक्षित...