निर्वाचनको तयारीलाई तीव्र बनाउन सरकार र निर्वाचन आयोगबीच छलफल

निर्वाचनको तयारीलाई तीव्र बनाउन सरकार र निर्वाचन आयोगबीच छलफल
काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनको तयारीलाई तीव्र बनाउन अन्तरिम सरकार सक्रिय बनेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार निर्वाचन आयोगका आयुक्त तथा कर्मचारीहरूसँग महत्वपूर्ण  गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, तथा मतदाता नामावली संकलनसम्बन्धी विषयमा केन्द्रित बहस भएक...

बुद्ध एयरले अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्ने

बुद्ध एयरले अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्ने
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले भारतको कोलकातातर्फको उडान पुनः सुरु गर्ने भएको छ । बुद्ध एयरले आउँदो अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्न लागेको हो । बुद्ध एयर कोलकातासम्म सीधा उडान गर्ने एकमात्र नेपाली विमान सेवा कम्पनी हो । हाल सो रुटमा अन्य कुनै एयरलाइन्सको सेवा छैन । शुरुआतमा बुद्ध एयरले आइतबार, मंगलवार र बिहीबार गरी सातामा तीन दिन उडान...

सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार

सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) थप ७०० रुपैयाँले वृद्धि भई २ लाख १७ हजार ८०० रुपैयाँमा पुगेको छ । यो नेपाली सुनचाँदी बजारको हालसम्मकै उच्च विन्दु हो । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएक...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र खड्काको निवासमा मुचुल्का तयार पार्दै

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र खड्काको निवासमा मुचुल्का तयार पार्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता दीपक खड्काको बूढानीलकण्ठस्थित निवासमा आगजनीपछि भेटिएको भनिएको रकमको विषयमा अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पार्दै जलेका नोटका टुक्रा र खरानी संकलन गरेको हो । गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा र खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि घरभ...

टीभीएसको एफआई र रेडर आइगो सार्वजनिक, के छन् यी मोडलमा विशेषता ?

टीभीएसको एफआई र रेडर आइगो सार्वजनिक, के छन् यी मोडलमा विशेषता ?
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा दुई नयाँ तथा बहुप्रतीक्षित मोटरसाइकल अपाचे आरटीआर १६० २ भी एफआई र रेडर आइगो सार्वजनिक गरेको छ । यी मोडलहरू उत्कृष्ट कार्यक्षमता, आकर्षक माइलेज, अत्याधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यका साथ बजारमा ल्याइएका छन् । टीभीएस अपाचे आरटीआर १६० २ भी एफआई: रेस ट्र्याकबाट सडकसम्म टीभीएस अपाचे आरटीआर १६० २ भी एफआई ‘रेस ट्युन्ड ...

आजदेखि देशभर रुट परमिट खुल्ला, निषेध गरिएका सवारी साधनलाई भने बन्देज कायमै

आजदेखि देशभर रुट परमिट खुल्ला, निषेध गरिएका सवारी साधनलाई भने बन्देज कायमै
काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका ...

यस्तो छ प्रधानमन्त्रीको नयाँ मन्त्रिपरिषद्, को हुन् त् यी व्यक्तित्व ?

यस्तो छ प्रधानमन्त्रीको नयाँ मन्त्रिपरिषद्, को हुन् त् यी व्यक्तित्व ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो चरणमा पाँच जना नयाँ मन्त्रीहरू नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् । भ्रष्टाचारविरुद्धको ‘जेन-जी’ आन्दोलनबाट उदाएर गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले यसअघि भदौ ३० गते तीन मन्त्री नियुक्त गरेकी थिइन् । पहिलो चरणमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल, र ऊर्जा, भौतिक, यातायात तथा सहरी विकासमन्त्र...

बडादसैँ आजदेखि सुरु, दसैँको पहिलो दिन घटस्थापनामा यस्तो छ विधि ?

बडादसैँ आजदेखि सुरु, दसैँको पहिलो दिन घटस्थापनामा यस्तो छ विधि ?
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर...

जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि सुरु गर्ने तयारी

जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि सुरु गर्ने तयारी
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि सुरु गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । कामपाको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था छ तर आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सक...

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनामाको बीमा २० अर्बभन्दा बढी

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनामाको बीमा २० अर्बभन्दा बढी
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ । आन्दोलनले सरकारी तथा निजी दुवै प्रकारका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा यी दाबीहरू परेका छन् । प्राधिकरणको तथ्यांकअनुसार, सबैभन्दा धेरै दाबी दि ओरियन्टल इन्...
Verified by MonsterInsights