बुद्ध एयरले अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्ने
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले भारतको कोलकातातर्फको उडान पुनः सुरु गर्ने भएको छ । बुद्ध एयरले आउँदो अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्न लागेको हो ।
बुद्ध एयर कोलकातासम्म सीधा उडान गर्ने एकमात्र नेपाली विमान सेवा कम्पनी हो । हाल सो रुटमा अन्य कुनै एयरलाइन्सको सेवा छैन । शुरुआतमा बुद्ध एयरले आइतबार, मंगलवार र बिहीबार गरी सातामा तीन दिन उडान...









