बागमती प्रदेशका मुख्यमन्त्री लामाले दिए राजीनामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आज साँझ ६ बजे पत्रकार सम्मेलन गरेर लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका छन् । राजीनामा दिनुअघि उनले पार्टी सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका थिए ।
लामा गत वर्ष २०८१ साउनमा मुख्यमन्त्री बनेका थिए । कांग्रेस बागमतीको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । अब बानियाँ न...









