भूमि आयोग र सबै जिल्लाका जिल्ला समिति खारेज गर्ने सरकारको निर्णय

भूमि आयोग र सबै जिल्लाका जिल्ला समिति खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । भूमि समस्या समाधान आयोग खारेज भएको छ । बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको हो । सबै जिल्लाका जिल्ला समितिहरुसहित सो आयोग खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । त्यसैगरी सरकारले इलाम जिल्लालाई ३ महिनाको अवधिसम्म...

विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको छ : सञ्चारमन्त्री खरेल

विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् । १५१ औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । ‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भने, ‘हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।’ ...

गृहमन्त्रीसँग ५ देशका राजदुतको भेट

गृहमन्त्रीसँग ५ देशका राजदुतको भेट
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदुतहरुले भेट गरेका छन् । बिहीवार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदुहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ । नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४० हजार पुग्यो

छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४० हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा बिहीबार थप १ हजार २०० रुपैयाँको वृद्धि भएको हो । सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ । बुधबार प्रतितोला २ हजार ९५५ रुपैयाँमा कारो...

मण्डलाबाट डा. निकोलस भुसाल पक्राउ

मण्डलाबाट डा. निकोलस भुसाल पक्राउ
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहेका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । भुसालसँगै सञ्जीव दाहाल र अर्का एक व्यक्तिसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनालाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । डा. भुसालको नेतृत्वमा एक समूहले माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो । प्रदर्शनको उद...

विपद्ग्रस्त क्षेत्रमा वितरण गरिने खाद्यान्न, पानी तथा लत्ताकपडाको गुणस्तरीयता कायम राख्न ध्यानाकर्षण

विपद्ग्रस्त क्षेत्रमा वितरण गरिने खाद्यान्न, पानी तथा लत्ताकपडाको गुणस्तरीयता कायम राख्न ध्यानाकर्षण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गरिने खाद्यान्न, पानी तथा लत्ताकपडाको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । मन्त्रालयले राहत सामग्री गुणस्तरहीन भएमा विपद्ग्रस्त क्षेत्रमा महामारी फैलन सक्ने जोखिम औंल्याउँदै सबैलाई सचेत गराएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार आयोजना गरेको राहत व्यवस्थापन...

बाढी प्रभावित बीपी राजमार्ग निरीक्षण गर्दै द्रुतगतिमा काम गर्न मन्त्री घिसिङ निर्देशन

बाढी प्रभावित बीपी राजमार्ग निरीक्षण गर्दै द्रुतगतिमा काम गर्न मन्त्री घिसिङ निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका सडकहरूको स्थलगत अनुगमन गरी तत्काल मर्मतसम्भार गर्न निर्देशन दिएका छन् । उनले संघीय राजधानी काठमाडौँलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूसँग जोड्ने लाइफलाइन सडकलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका मह...

आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषय १०० पूर्णाङ्क अनिवार्य गरिने, पाठ्यक्रम विकास गर्न पनि मन्त्री पुनको निर्देशन

आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषय १०० पूर्णाङ्क अनिवार्य गरिने, पाठ्यक्रम विकास गर्न पनि मन्त्री पुनको निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पाठ्यक्रमको समसामयिक परिमार्जन र अध्यावधिक गर्न निर्देशन दिएका छन् । बुधबार पाठ्यक्रम विकास केन्द्रको अवलोकन तथा पदाधिकारीहरूसँगको छलफलपछि उहाँले मातृभाषाका पाठ्यपुस्तकहरूको विकास, नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास र संविधानसम्बन्धी ज्ञानलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । मन्त्री पुनले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ ...

गुण्डुबाट विशेष सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

गुण्डुबाट विशेष सम्बोधन गर्दै एमाले अध्यक्ष ओली
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरमा एक विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका-७ गुण्डुमा आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् । दिउँसो २ बजेका लागि निर्धारित यस कार्यक्रममा अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, एमालेको भूमिका तथ...

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दुई दल कांग्रेस र एमाले अन्योलमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दुई दल कांग्रेस र एमाले अन्योलमा
काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलहरू आगामी राजनीतिक ‘रोडम्याप’बारे साझा धारणा बनाउन असफल देखिएपछि देशको राजनीतिमा गहिरो अन्योल छाएको छ । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको एक महिना बित्न लाग्दा पनि प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्वाचनमा जाने वा नजाने भन्नेबारे कुनै ठोस निर्णय गर्न सकेका छैनन् । यसले मुलुकको लोकतान्त्रिक प्रक्रियामाथि ...