अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती...




