
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य बिशेष निर्वाचनका लागि काठमाडौं क्षेत्र न. ४ बाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दत्त बुढाले आफ्नो दाबेदारी उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता गरेसंगै प्रलोपाका दत्तले नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराइलाई सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।
यसअघि काठमाडौं क्षेत्र न. ४ बाट एमालेका डा राजन भट्टराई, कांग्रेसका सचिन तिमल्सिना, रास्वपाका पुकार बम, नेकपाका इन्द्र भुसाल, राप्रपाका सुरेन्द्र भण्डारीबीच प्रलोपाका दत्तले आफ्नो उम्मेदवारी दिएको थियो | उच्च प्रतिष्पर्दाबीच दत्तले आफ्नो दाबेदारी उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।