४ डिआइजीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले चार जना डिआइजी (उप–महानिरीक्षक) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, र डम्बरबहादुर विश्वकर्मालाई एआइजी पदमा बढुवा र पदस्थापन गर्ने निर्णय गरेको हो ।









