सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र खड्काको निवासमा मुचुल्का तयार पार्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता दीपक खड्काको बूढानीलकण्ठस्थित निवासमा आगजनीपछि भेटिएको भनिएको रकमको विषयमा अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पार्दै जलेका नोटका टुक्रा र खरानी संकलन गरेको हो ।
गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा र खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि घरभ...








