
गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न नेपालमा अवस्थित मनाङ्ग जिल्ला पर्ने तिलिचो तालको मैदानमा अन्तरास्ट्रिय कुस्ती च्याम्पियनसिप प्रतियोगिता खेल हुदैछ । अल राउण्ड ट्रेक एण्ड एक्पिडीशनले विश्व किर्तिमान बनाउन ४९१९ मिटर उचाइमा कुस्ती च्याम्पियनसिप आयोजना गर्न लागिएको हो ।
अन्तरास्ट्रिय कुस्ती च्याम्पियनसिपमा सहभागी खेलाडीहरु भगवती खड्का (Unika), जेबी कूल(अमेरिका), अस्मिता सुनुवार (Jureli), कोवु ब्राण्डन(पाकिस्तान), दिव्य आले (इंडिया), लेडी सरहा (सिंगापुर), भरत बहादुर बिशुरल (Himayan Tiger), मुस्तफा अलि खान (पाकिस्तान),हिक्मत थपलिया (नेपाल), होलिडेट(अमेरिका), माइकल सिचोविज़ (अमेरिका), बुल्लेट फलो र सुरज चौलागाईं (Shady) गरि १२ जनाले खेलाडीले आफ्नु प्रतियोगिता देखाउने छन् ।
नेपाली कुस्ती टोली मंसिर ३ गते प्रस्थान हुँदै छन्। नुवेम्बर २२ तारिखमा हुने प्रतियोगिताको पुरुष र महिला तर्फ २०० केजीसम्म हुने आयोजक सनम शेर्पाले बताएका छन् । सो प्रतियोगिता खुल्ला मैदानमा हुने भएकोले दर्शकहरु उल्लेखीय मात्रामा सहभागी हुन् सक्ने अपेक्षा आयोजकले जनाएको छ ।
कुस्ती: कुस्ती एक अनुशासनको खेल हो । यो मानिस-मानिसबिचमा लडाइँको कला हो । कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्रायः माटोले भरिएको हुन्छ, जसलाई ‘अखाडा’ भनिन्छ । ‘अखाडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ । कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ । उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन् । यो प्रतियोगितामा समानस्तरका खेलाडीबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ । अखाडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिताको पालनालाई समेट्छ ।
तिलिचो ताल: विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। हिमालय पर्बत शृङ्खला अन्तर्गत नेपालको मनाङ्ग जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।
पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादको मञ्च मात्र नभई यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव कुस्ती ब्युँताउनु जरुरी छ । कुस्तीप्रति युवाको आकर्षण बढाउन प्रदेश सरकारले काम गर्न लागे पनि अन्तर्राष्ट्रिय स्तरमा यो प्रतियोगिताले सोचेको जति गतिलिन सकेको छैन ।