काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका सडकहरूको स्थलगत अनुगमन गरी तत्काल मर्मतसम्भार गर्न निर्देशन दिएका छन् । उनले संघीय राजधानी काठमाडौँलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूसँग जोड्ने लाइफलाइन सडकलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसहित मन्त्री घिसिङले चौकीडाँडालगायतका बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरे । बाढीले करिब ४ किलोमिटर सडकमा क्षति पुर्याएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

गत वर्षको बाढीले बिपी राजमार्गको भकुण्डे(नेपालथोक खण्डमा क्षति पुर्याएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएको भए पनि यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो । मन्त्री घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई यथाशीघ्र सडक मर्मत गरी यातायात सहज बनाउन आग्रह गरे ।

गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रूपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लागिसकेको छ भने केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको उनले बताए । उनले वर्षायाममा सडकको सुरक्षा र मर्मतमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै जनजीवन सामान्य बनाउनका लागि द्रुत गतिमा काम गर्न निर्देशन दिएका छन् ।

   

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights