
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी दर्ता भएको छ । युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा राजद्रोहको आरोपमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले उक्त जाहेरी प्राप्त भएको पुष्टि गरे । उनका अनुसार, यो जाहेरी भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी भइरहेको छ ।
साथै, मंगलबार एमाले निकट अनेरास्ववियुले पनि मेयर बालेन शाह र सुदन गुरूङविरूद्ध जाहेरी दर्ता गरेको थियो । अनेरास्ववियुको जाहेरी पनि जाँचबुझ आयोगमा पठाइनेछ ।