
काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को नाममा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक र तथ्यहीन प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ। संघले विधानअनुसार पारदर्शी र प्रक्रियागत रूपमा गरिएको सदस्य मनोनयनलाई तोडमोड गरी नेतृत्वमाथि लगाइएका आरोपहरू पूर्णतः असत्य, निराधार र कपोकल्पित बताएको हो ।
संघका अध्यक्षले ४ लाख लिएको भन्ने दाबी बिना प्रमाणको हल्ला मात्र भएको र यस बिषयमा प्रमाण प्रस्तुत गर्नका लागि २४ घण्टाभित्र सार्वजनिक चुनौती दिएका छन् । प्रमाण पेश गर्न नसकेका व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइनेसमेत चेतावनी दिएका छन् ।
संघका अध्यक्ष शेर्पाले सम्पूर्ण पर्वतारोही र पर्यटन व्यवसायीहरूलाई यस्ता निराधार हल्ला गर्नेहरूसँग प्रमाण माग्न र प्रमाण दिन नसके कानुनी कठघरामा उभ्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल पर्वतारोहण संघ हल्ला र व्यक्तिगत स्वार्थका भरमा होइन, विधि, प्रक्रिया र पारदर्शिताका आधारमा सञ्चालन हुने पर्वतारोहीहरूको साझा संस्था रहेको संघको दाबी छ ।
