काठमाडौं । काठमाडौंको ऐतिहासिक काष्ठमण्डप नजिकै आज बिहान करिब साढे ४ बजेदेखि सुरु भएको भीषण आगलागीले तीनवटा घर र एक मन्दिरमा क्षति पुर्याएको छ । काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको दुईतले घरको कपडा गोदामबाट सुरु भएको आगलागी करिब पाँच घण्टाको अथक प्रयासपछि ९० प्रतिशत नियन्त्रणमा आएको हाे । 

जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार, ‘आगो ९० प्रतिशत नियन्त्रणमा आइसकेको छ, बाँकी आगो निभाउने कार्य द्रुत गतिमा भइरहेको छ ।’आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरी लगायतका सुरक्षा निकायका सयौं जवानहरु खटिएका छन् । काठमाडौं र भक्तपुरमा उपलब्ध ९ वटा दमकल र तीनवटा पानी ट्याङ्करको प्रयोग गरी आगो निभाउने कार्य भइरहेको छ ।

स्थानीय बासिन्दाका अनुसार आगलागी कपडा गोदामबाट सुरु भएको हो । यद्यपि, आगलागीको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights