काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा दुई नयाँ तथा बहुप्रतीक्षित मोटरसाइकल अपाचे आरटीआर १६० २ भी एफआई र रेडर आइगो सार्वजनिक गरेको छ । यी मोडलहरू उत्कृष्ट कार्यक्षमता, आकर्षक माइलेज, अत्याधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यका साथ बजारमा ल्याइएका छन् ।

टीभीएस अपाचे आरटीआर १६० २ भी एफआई: रेस ट्र्याकबाट सडकसम्म

टीभीएस अपाचे आरटीआर १६० २ भी एफआई ‘रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई)’ प्रविधिसँग सुसज्जित छ । यो प्रविधिले विभिन्न राइड मोडहरूमा भिन्न-भिन्न पावर प्रदान गरी राइडिङ अनुभवलाई थप रोमाञ्चक बनाउँछ।

विशेषता:

  • इन्जिन: १५९.७ सीसी इन्जिन।

  • पावर: स्पोर्ट्स मोड: १. १६.०४ पीएस पावर र १३.८५ एनएम टर्क।  २. अर्बन र रेन मोड: १३.३० पीएस पावर र १२.७ एनएम टर्क।

  • माइलेज: आरटीएफआई प्रविधिले ५० किलोमिटर प्रति लिटरभन्दा बढी माइलेज सुनिश्चित गर्छ।

  • ड्राइभ मोडहरू: स्पोर्ट्स, अर्बन र रेन गरी तीनवटा ड्राइभ मोड उपलब्ध।

  • सुरक्षा: सुपरमोटो सिंगल च्यानल एबीएस (एन्टी–लक ब्रेकिङ सिस्टम) र डुअल रोटर पेटल डिस्क ब्रेक।

  • थप प्रविधि: जीटीटी (ग्लाइड थ्रु टेक्नोलोजी), नयाँ एलईडी हेडल्याम्प र डीआरएल, एल्केन्ट्रा जस्तो रेसिङ सिट, ह्यान्डल बारमा एन्टी–भाइब्रेसन वेटहरू।

  • टप स्पिड: स्पोर्ट्स मोडमा १०७ किलोमिटर प्रतिघण्टा र अर्बन/रेन मोडमा ९७ किलोमिटर प्रतिघण्टा।

  • मूल्य: ३ लाख ४४ हजार ९ सय रुपैयाँ।

यो मोडल विशेषगरी युवा तथा स्पोर्ट्स बाइकका पारखीहरूका लागि लक्षित छ, जसले दैनिक यात्रामा पनि रेस ट्र्याकको अनुभव लिन चाहन्छन्।

टीभीएस रेडर आइगो: स्टाइल, पावर र माइलेजको अनुपम संगम

टीभीएस रेडर आइगो नेपालको लागि विशेष रूपमा डिजाइन गरिएको एक प्रदर्शन उन्मुख १२५ सीसीको मोटरसाइकल हो। यसमा रहेको थ्री भल्भ इन्जिनले १२५ सीसीको भए पनि १५० सीसी बराबरको पावर प्रदान गर्छ, जसले काठमाडौंको व्यस्त सडकमा पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ।

विशेषता:

  • इन्जिन: थ्री भल्भ इन्जिन, एयर र ओइल कुलिङ प्रणाली।

  • माइलेज: ६० किलोमिटर प्रति लिटरभन्दा बढी माइलेज।

  • प्रविधि: ९९ प्लस कनेक्टेड फिचरसहितको टीएफटी क्लस्टर, साइलेन्ट स्टार्ट (आईएससी), फाइभ–स्टेप एडजस्टेबल मोनो–शोक सस्पेन्सन, जीटीटी (ग्लाइड थ्रु टेक्नोलोजी), यूएसबी चार्जिङ पोर्ट, अन्डर सिट स्टोरेज, साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच र एसटी (सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजी)।

  • प्रवेग: ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा।

  • डिजाइन: एलईडी हेडल्याम्प र डीआरएल, स्पोर्टी फ्युल ट्याङ्क र स्प्लिट सिट।

  • मूल्य: ३ लाख ५ हजार ९ सय रुपैयाँ।

रेडर आइगो स्टाइल, प्रविधि र प्रदर्शनलाई एकसाथ जोड्न चाहने राइडरहरूका लागि उपयुक्त विकल्प हो। जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक अखिल गुप्ताले यी दुई फिचर लोडेड बाइक नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे। उनले युवा राइडरहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी तयार पारिएका यी मोडेलहरूले बजारमा उत्साहजनक प्रतिक्रिया पाउनेमा विश्वास व्यक्त गरे । कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय विभागका वरिष्ठ उपाध्यक्ष राहुल नायकको पनि उक्त सार्वजनिक कार्यक्रममा उपस्थिति रहेको थियो ।

जगदम्बा मोटर्सको सशक्त उपस्थिति
जगदम्बा मोटर्सले नेपालभरि ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । जगदम्बा मोटर्सले नेपालभरि ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।टीभीएस मोटर कम्पनीले हाल ८० भन्दा बढी देशहरूमा आफ्नो व्यवसाय विस्तार गरिसकेको छ

यो डेमिङ पुरस्कार प्राप्त गर्ने एकमात्र दुईपांग्रे सवारी निर्माताको रूपमा चिनिन्छ। यी नयाँ मोडलहरूको आगमनले नेपाली मोटरसाइकल बजारमा थप प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले गुणस्तरीय तथा प्रविधिमैत्री विकल्पहरू पाउने निश्चित छ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights