काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घाँटीमा गम्भीर चोट लागेको र त्यसमा १२ टाँका लगाइएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनको घाँटीमा चोट लागेको र १२ वटा टाँका लगाइएको बताएका हुन् ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकपछि पत्रकारहरूलाई देउवा अझै सैनिक अस्पताल छाउनीमा उपचाररत रहेको जानकारी दिए । उपसभापति खड्काले बैठकमा डाक्टरहरूको सल्लाहअनुसार देउवा केही दिन अस्पतालमै रहने जानकारी गराएका थिए । यद्यपि, उनको स्वास्थ्य अवस्था सामान्य रहेको विश्वकर्माले बताएका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा निवास बुढानीलकण्ठमा आन्दोलनकारीले देउवा दम्पत्तिलाई घरबाहिर निकालेर कुटपिट गरेको र घरमा आगजनी गरेका थिए । यही घटनामा देउवालाई चोट लागेको हो ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights