
काठमाडौं । संविधान तथा राष्ट्रिय दिवस, २०८२ को पावन अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा देशका विभिन्न उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, सम्माननीय प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति थियो । दिवसको महत्व झल्काउने गरी आयोजित यस समारोहमा राष्ट्रिय एकता र संविधानको सर्वोच्चतालाई जोड दिइएको थियो ।
सो क्रममा नेपाली सेनाले विभिन्न आकर्षक कला प्रदर्शन गरेका थिए । देशको सुरक्षा र सम्मानका लागि कटिबद्ध सेनाले प्रस्तुत गरेका कौशलपूर्ण प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।

