
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार बिहान ओएसआर डिजिटल मार्फत देशभक्ति र मातृभूमिप्रतिको प्रेम झल्काउने सहितको ट्रेलर सार्वजनिक भएको हो ।
चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया लगायतको अभिनय रहेको छ ।
यो फिल्म दसैँ फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
यस्तो छ ट्रेलर:
BALIDAN – Movie Official Trailer 2025 || Samir Bhatta, Santosh Sen, Reecha Sharma, Saugat Malla