काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरूलाई मंगलबार एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान प्रदान गरेको छ।

संघले उक्त समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश प्रसाद सुवेदी तथा चलचित्र जाँच समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा मैनालीलाई सम्मानित गरेको छ । सोही समारोहमा संघले आफ्नो २० औ साधारण सभाको उपलक्ष्यमा प्रदान गरेको कलाकार सम्मानलाई आजै कलाकार गीता अधिकारीलाई प्रदान गरेका छ ।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, संघका बरिष्ठ उपाध्यक्ष शिवहरी नेपपाल,महासचिव सबिन श्रेष्ठ, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र द्धन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुभाष गजुरेल, चलचित्र निर्देशक माधब राज खरेल लगायतका चलचित्रकर्मी,संचारकर्मी तथा  विभिन्न संघ–संस्थाका  प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष मोहन निरौलाले चलचित्र कलाकार संघले नियमित रूपमा बोर्ड तथा समितिका पदाधिकारीहरूलाई बधाई र सम्मान गर्ने परम्परा कायम राखेको छ। यस किसिमको सम्मानले वहाहरुलाई अझ क्रियाशिल हुने प्रेरणा र ऊर्जा प्रदान गर्छ। चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डीसीको नेतृत्व आएपछि चलचित्र क्षेत्रमा उल्लेखनीय कामहरू भएका छन् भनि भन्नु भयो । अध्यक्ष निरौलाले चलचित्र विकास बोर्डले वि.सं. २०२६ को ऐनलाई विस्थापित गरी नयाँ ऐन  निर्माणका लागी गरेको पहल कदमीको जस बोर्डको बर्तमान नेतृत्वलाई जानुका साथै नेपाली चलचित्र क्षेत्र र चलचित्रका पेशाकर्मीको उत्थानका लागि बोर्ड सधै क्रियाशिल रहने आशा एवं बिश्वास व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा कलाकार संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्र विकास बोर्डको बर्तमान नेतृत्वको काम प्रशंशनिय रहेको भएतापनि अझै बोर्डले चलचित्रकर्मी एवम् चलचित्र उद्योगको लागी थप काम गर्नुपर्ने बताउनु भयो ।

सम्मानितहरुको तर्फवाट चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी र चलचित्र जाँचपास समितिको तर्फवाट सदस्य सम्पन्न श्रेष्ठले बोल्नुभएको थियो । कार्यक्रममा उपस्थिितहरुलाई संघका महासचिव सविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । संघका अध्यक्ष निरौलाको सभापतित्वमा  सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण संघका सदस्य गोपाल ढकालले गर्नु भएकाो थियो ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights