काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को आसन्न निर्वाचनलाई लक्षित गर्दै पर्यटन व्यवसायमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका वरिष्ठ व्यवसायी फुर गेल्जे शेर्पालाई अध्यक्ष पदका लागि उम्मेदवारको रूपमा अघि सार्ने निर्णय गरिएको छ।

शेर्पालाई उम्मेदवार बनाउने निर्णय पर्यटन क्षेत्रमा सक्रिय व्यवसायी, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग व्यापक छलफल तथा परामर्शपछि गरिएको हो। आगामी निर्वाचनमा प्रभावकारी रूपमा सहभागिता जनाउँदै आवश्यक रणनीति र समन्वयमा टेवा पुर्‍याउन सात सदस्यीय वार्ता समिति पनि गठन गरिएको छ।

फुरि जि शेर्पाको संयोजकत्वमा गठन गरिएको समितिमा सोनाम जि शेर्पा सह–संयोजक तथा नवीन तिर्ताल, चोलेन्द्र कार्की, जिवन घिमिरे, माया शेर्पा र चेङ्गा छिरी शेर्पा सदस्य रहेका छन्।

समितिले निर्वाचनमा फुर गेल्जे शेर्पाको नेतृत्वलाई सुनिश्चित गराउन आवश्यक समन्वय, संवाद र समर्थन जुटाउने कार्य गर्नेछ। यसक्रममा देशभरका पर्यटन व्यवसायी, संघसंस्था तथा सरोकारवालाहरूसँग सक्रिय छलफल तथा सहकार्य हुने बताइएको छ।

शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि हिमाली पर्यटन, पर्वतारोहण, पर्यटक सेवा प्रवर्द्धन लगायतका क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यवसायी हुन्। उनी नेतृत्वमा आएको टोलीले पर्वतीय पर्यटनको संरक्षण, विकास तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउने विश्वास गरिएको छ।

शेर्पासमर्थक समूहले सबै सरोकारवाला, पर्यटन व्यवसायी, संघसंस्था र शुभेच्छुकहरूलाई आगामी निर्वाचनमा समर्थन र सहकार्य गर्न आग्रह गरेका छन्।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights