काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा भएको बताएका छन् । स्थायी कमिटीको तेस्रो दिनको बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले भने,‘अहिले छलफल चलिराखेको छ । जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्ने कुरा भएको छ।’ स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा बोलेको विषयमा अनुशासनको कारबाही हुनुपर्ने आवाज उठेको र शर्माले भने अध्यक्ष प्रचण्डले पनि आत्मालोचना गर्नुपर्ने अडान राखेको कुरा बाहिर आएको छ ।

जारी स्थायी कमिटी बैठकमा आज १९ जना सदस्यहरुले आफ्नो धारणा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । आज बोल्ने नेताहरुमा उपमहासचिव जनार्दन शर्मा, उपाध्यक्ष अग्नि सापकोटा, सचिव हितमान शाक्य, हितराज पाण्डे, उर्मिला अर्याल, यशोदा सुवेदी, विश्वनाथ साह, गिरिराजमणि पोखरेल, पेशल खतिवडा, चक्रपाणि खनाल, दिनानाथ शर्मा, शक्ति बस्नेत, नन्दबहादुर पुन, पम्फा भुसाल, कृष्णबहादुर महरा, डिलाराम आचार्य, लिलामणि पोखरेल, हरिबोल गजुरेल र नन्द प्रसाईं थिए ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights