कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्थापन गर्न सफल
विराटनगर । कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरेको बताएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ ।
यसैगरी, आधारभूत खानेपानीतर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ ९८ प्रतिशत जनताको पहुँच पुगेको मन्...








