दसैँ, तिहारमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई सरकारको आग्रह

दसैँ, तिहारमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई सरकारको आग्रह
काठमाडौँ । सरकारले दसैँ,तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका हुन् । शुक्रवार उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट विक्री ...

ओली, लेखक र गुरुङलाई तत्काल राजनीतिक क्रियाकलापबाट बन्देज लगाउन रास्वपाको माग

ओली, लेखक र गुरुङलाई तत्काल राजनीतिक क्रियाकलापबाट बन्देज लगाउन रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तत्काल राजनीतिक क्रियाकलापमा बन्देज लगाउन माग गरेको छ । रास्वपाले जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसाको छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म उनीहरूलाई राजनीतिक गतिविधिबाट अलग राख्न सरकारको ध्यानाकर्षण गराएको हो । रास्वपा प्रवक्ता मनीष झाद्व...

१००० र ५०० को नोटमा प्रतिबन्ध नलाग्ने : अर्थमन्त्री खनाल

१००० र ५०० को नोटमा प्रतिबन्ध नलाग्ने : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले एक हजार र पाच सयको नोट प्रतिबन्ध नलाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले यसबारे छलफल नै नभएको बताएका हुन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले भने, ‘अहिलेको अवस्थामा हजार र पाँच सयको नोट प्रतिबन्ध लगा...

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक कमलादीमा बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक कमलादीमा बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्न महत्वपूर्ण मानिएको बैठक बिहान ११ बजे प्रज्ञा भवन, कमलादीमा सुरु हुनेछ । यसअघि बुधबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको भूम...

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाउने काम जारी, पूर्ण रूपमा खुलाउन दुई दिन लाग्ने सडक डिभिजन अनुमान

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाउने काम जारी, पूर्ण रूपमा खुलाउन दुई दिन लाग्ने सडक डिभिजन अनुमान
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मुग्लिन सडकखण्डमा खसेका पहिरो हटाइए पनि मुग्लिन-नारायणगढ खण्डमा अझै अवरोध कायमै छ । गएरातिदेखि खसेका पहिरोले राजधानी काठमाडौंको लाइफलाइन मानिने यस राजमार्गको ठप्प पारेपछि हजारौं यात्रु अलपत्र परेका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नौबिसे-मुग्लिन सडकखण्डका जवाङखोलालगायतका स्थानमा खसेका सबै पहिरो डोजर प्रयोग गरी रा...

आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्त...

प्रधानमन्त्रीले आज ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा महत्वपूर्ण सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपश्चात् प्रधानमन्त्री कार्कीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको हो । ‘जेनजी’ आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरे...

देशलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न हुँदैन: अध्यक्ष ओली

देशलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न हुँदैन: अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले युवाहरु देशभक्तिको भावकासाथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष ओलीले भने ‘हामीले समाजलाई सुस...

फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण हुनेछ: सञ्चारमन्त्री खरेल

फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण हुनेछ: सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताएका छन् ।मंगलवार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सरकारको मुख्य काम सो निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको बताएका हुन् । सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गराउने दायित्व पनि सरकारको र...

निजी क्षेत्रमा करिब ८० अर्ब क्षति, भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा सबैभन्दा ठुलो प्रहार निजी क्षेत्रमाथि

निजी क्षेत्रमा करिब ८० अर्ब क्षति, भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा सबैभन्दा ठुलो प्रहार निजी क्षेत्रमाथि
काठमाडौँ । देशको अर्थतन्त्रलाई अघि बढाउने मुख्य आधार रहेको निजी क्षेत्रमाथि भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सबैभन्दा ठुलो प्रहार भयो । जेन जी आन्दोलनको प्रमुख तारोमा परेको निजी क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ । आन्दोलनका क्रममा ठुला उद्योगधन्दा, व्यापारिक संरचना र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भएपछि निजी क्षेत्रले लगानीकर्ताको मनोबल गिरेको र सुरक्षाको ग्य...
Verified by MonsterInsights