झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीको घरदैलो अभियान ग्रास रुटलाई प्राथमिकता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपटक आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) मा विगतको तुलनामा निकै फरक र आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन् । विगतका निर्वाचनमा ठूला आमसभा र केही सीमित औपचारिक कार्यक्रमलाई मात्र प्राथमिकता दिने ओली यसपटक भने मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा जुटेका हुन् ।
बढ्दो राजनीतिक चुनौती र बदलिँदो जनमतका बीच आफ्नो निर्वाचन क्षेत्र सुरक्षित...









