भारतले संविधानबाट धारा ३७० हटाएपछि जम्मु कश्मिरमा पर्यटनमा लगानी बढ्यो: डा. पाण्डे
काठमाडौं। परराष्ट्र मामिलाका जानकार डा. निश्चलनाथ पाण्डेले सुरक्षाको विषयमा भारत सरकार संवेदनशील हुँदै गएको टिप्पणी गरेका छन् । उनले भारतको संविधानबाट धारा ३७० हटाएपछि जम्मु र कश्मिरमा पर्यटन, लगानी बढ्दै गएकोले अहिले नेपाली युवाहरु पनि रोजगारीको लागि जम्मु कश्मिरमा जान थालेको बताए ।
सो क्रममा कश्मिरमा आतंकवादी हमला हुँदा वा उत्तराख(डमा बाढी आउँदा नेपाली नागरिक नै मारिने गरेको तथ्यसमेत उजागर गर...




