छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४० हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा बिहीबार थप १ हजार २०० रुपैयाँको वृद्धि भएको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ । बुधबार प्रतितोला २ हजार ९५५ रुपैयाँमा कारो...









