काठमाडौं । जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको छ । हालैको आम निर्वाचनमा पार्टीले बेहोरेको ठूलो क्षतिपछि ओगावाले पार्टी एकता र जनसमर्थन पुनर्गठन गर्ने लक्ष्य राखेका छन् ।

जापानको मुख्य विपक्षी शक्ति, सेन्ट्रिस्ट रिफर्म एलायन्सको नयाँ नेताका रूपमा जुन्या ओगावा शुक्रबार निर्वाचित भए । कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका पूर्व महासचिव ओगावाले पार्टीका ४९ तल्लो सदनका सांसदहरूको मतदानमा साधारण बहुमत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले सिडिपिजेका पूर्व कार्यवाहक नीति प्रमुख ताकेशी शिनालाई पराजित गरे । नयाँ निर्वाचित नेता ओगावाको कार्यकाल आगामी वर्षको मार्च अन्त्यसम्म रहनेछ ।

टोकियोमा भएको नेतृत्व चयनको निर्वाचनअघि सञ्चारकर्मीहरूसँग बोल्दै ओगावाले भर्खरै गठन भएको पार्टीले हालैको आम निर्वाचनमा बेहोरेको ठूलो हारलाई सुधार्न पार्टीभित्र एकता कायम गर्ने र बाह्य समर्थन जुटाउन कडा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । गत आइतबार भएको प्रतिनिधि सभाको निर्वाचनमा सिआरएको सिट संख्या ४९ मा खुम्चिएको थियो ।

जुन दोस्रो विश्वयुद्धपछिको इतिहासमा कुनै पनि मुख्य विपक्षी दलको सबैभन्दा कमजोर उपस्थिति हो । यस हारको नैतिक जिम्मेवारी लिँदै सह–अध्यक्षहरू योशिहिको नोदा र तेत्सुओ साइतोले पदबाट राजीनामा दिएका थिए । सिआरएको गठन गत जनवरीमा सिडिपिजे र कोमेइतो पार्टीका सदस्यहरू मिलेर निर्वाचनको केही हप्ताअघि मात्र भएको थियो । जसमा सत्तारुढ गठबन्धनले दुई–तिहाइ बहुमत प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights