
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले एक हजार र पाच सयको नोट प्रतिबन्ध नलाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले यसबारे छलफल नै नभएको बताएका हुन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले भने, ‘अहिलेको अवस्थामा हजार र पाँच सयको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल भएको छैन ।’
त्यसैगरी, भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा गरेको परिवर्तनबारे सोधिएको प्रश्नमा उनले त्यसको असरबारे अध्ययन भइरहेको बताए । मन्त्री खनालले भारतीय नीतिको कारण नेपाली उद्योग-व्यवसायमा नकारात्मक असर पर्ने देखिएमा आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे ।