विनायक शाह, होटल संघ नेपाल (हान)का अध्यक्ष, नेपाली पर्यटन उद्योगमा तीन दशकभन्दा बढीको अनुभव बोकेका एक दूरदर्शी र राष्ट्रप्रेमी नेता हुन्। उनले आतिथ्य सेवा, संस्कृति र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएका छन्।

कोभिड महामारीको संकटमा उनले पर्यटन क्षेत्रलाई जोगाउन निर्णायक भूमिका खेले, हजारौं रोजगारी बचाए र उद्योगको पुनःस्थापनाका लागि अग्रसर भए । उनको नेतृत्वमा हानले नेपाली संस्कृति, परम्परा र स्थानीय सम्पदालाई प्रवद्र्धन गर्न थुप्रै पहलहरू गरेको थियो।

शाहको विश्वास छ,‘हाम्रो पहिचान हाम्रो संस्कृति हो, र सम्भावना हाम्रो पर्यटन ।’ उनी समावेशी, दिगो र व्यावहारिक पर्यटन नीति निर्माणका लागि प्रतिबद्ध रहेको सुनाउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तै अनुभवी र जनमुखी नेतृत्व चाहिएको छ। शाहसँग यस क्षेत्रको गहिरो ज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र सुधारको स्पष्ट दृष्टिकोण भएकाले उनको नाम अगाडि छ ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights