काठमाडौँ । टोखा नगरपालिका वडा नम्बर १ झोर महांकाल स्वास्थ्य चौकीमा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ । टिपीबी,बीएम फाउन्देशन र केडिसी जनरल अस्पतालको सयोक्त आयोजनामा शिविर सन्चालन भएको हो ।

बीएम फाउन्देशन र केडिसी जनरल अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनस्तरमा आखा जाचको पहुच नपुगेका स्थानीयहरुलाई निशुल्क आखा शिविर संचालन गरेको बताएका छन । अध्यक्ष श्रेष्ठका अनुसार शिविरमा डाक्टरहरुले १०० भन्दा बढीले आखा जाँच गरेको र ५० भन्दा बढीलाइ निशुल्क औषधि, चस्मा र ७ जनालाई परामर्श दिएको जानकारी दिएका छन् ।

टोखा नगरपालिका वडा नम्बर १ झोर महांकाल स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख पवन कुमार शाहले निशुल्क आखा शिविरमा आखा जाच गर्न महिला स्वास्थ्य स्वयमसेविकाको सहयोगमा स्थानीयवासीहरुलाई सूचना दिने काम गरेको र १०० जना भन्दाबढी आखा रोगी विरामीहरुलाई सेवा दिने लक्ष्य रहेको बताएका छन् ।

५ भन्दा बढीको मोतिया विन्दुको अप्रेसन गर्नुपर्ने भएकोले मङ्सिर महिनाभित्र केडिसी जनरल अस्पतालमा बोलाइएको केडिसी जनरल अस्पतालका दृस्टी विशेषज्ञ पुजा पण्डितले जानकारी दिएका छन् ।

शिविरमा टोखा नगरपालिका वडा नम्बर १ का वडाध्य रमेश लामिछाने, स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख पवन कुमार शाह, अस्पतालका पब्लिक हेल्थ अफिसर सोइच्क्षा मरासिनी, सहयोगी युना राई, अमिसा अधिकारी चालकदल बलराम सापकोटाको सहयोगमा शिविर सम्पन्न गरिएको थियो ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights