काठमाडौँ । काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरिएको छ । गोँगबुस्थित नयाँबसपार्कमा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरे ।

एआइजी कार्कीले सुरक्षाविनाको समाज कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै नागरिकले प्रहरीको आवश्यकता महसुस गरेर क्षतिग्रस्त संरचना निर्माणमा जुटेको बताए । उनले विगतमा भएका कमी कमजोरीलाई सुधारेर राज्यका सबै निकायले जनतालाई छिटो, छरितो र न्यायपूर्ण सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । “नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सेवामा जुटेको छ”, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातलाई नागरिकमुखी बनाउँदै अगाडि लगिने बताए । उनले जेनजी आन्दोलनका कारण नेपालको यातायात क्षेत्रमा ठूलो समस्या भएको भन्दै उक्त घटनालाई बिर्सेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights